काठमाडौं । अन्तर्राष्ट्रिय वाको किक बक्सिङ रेफ्री सेमिनारमा दिवन्स श्रेष्ठ र देवराज श्रेष्ठ उत्तीर्ण भएका छन् । सेमिनार भारतको चन्दीगढमा मे २२ देखि २६ तारिखसम्म भएको थियो ।
सेमिनारमा सहभागी भइ दुवै बुधबार स्वदेश फर्किएका छन् । उनीहरुलाई नेपाल किक बक्सिङ संघका महासचिव दीपक श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।