काठमाडौँ। नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेल शनिबार खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।
उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।