काठमाडौँ। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई १६६ रनको लक्ष्य दिएको छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको हो।
लखनउका आयुष बदोनीले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। ३० बल खेलेका उनले ९ चौका प्रहार गरे।
कप्तान केएल राहुल २९ र क्रुणाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पूरन ४५ रनमा अविजित रहे।
हैदराबादका भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए। प्याट कमिन्सको नाममा १ विकेट रह्यो।