एजेन्सी । ईटालियन क्लब ईन्टर मिलानले म्यानचेष्टर युनाईटेडका फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्धन गर्ने ईच्छा देखाएको छ । भर्खरै नयाँ प्रशिक्षक नियुक्त गरेको ईन्टरले प्रिमियर लिग क्लब म्यान युनाईटेडका फरवार्ड लुकाकुलाई भित्राउन चाहेको हो ।
लुकाकुले सिजनको अन्त्यसंगै ओल्डट्राफोर्ड छाड्ने तयारी गरेका छन् । दुई बर्ष म्यान युनाईटेडमा बिताएका लुकाकु नयाँ गन्तव्यको खोजीमा छन् ।
बेल्जियमका अन्तराष्ट्रिय खेलाडी लुकाकुले ईन्टरलाई आफ्नो सम्भाव्य गन्तव्यको सुचिमा राखेका छन् । उनले ईन्टरका नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेलाई विश्वका उत्कृष्ट प्रशिक्षकको रुपमा प्रशंसा समेत गरेका थिए ।
लुकाकुको बिषयलाई लिएर लुकाकुका एजेन्ट फेडेरिको पास्टरेलोले ईन्टरका पदाधिकारीसंग छलफल समेत गरेका छन् ।
'अबको केही दिनमा हामी थप कुराकानी गर्नेछौ ।' उनले भनेका छन् ।
'लुकाकु सपना हुन् । यो हुन कठिन समेत छ । तर केही चिज समेत असंम्भव छैन ।' उनले भनेका छन् ।
'ईन्टर लुकाकुलाई अनुबन्धन गर्न खोजिरहेको छ । उसले आफ्नो योजना र ईच्छा बताएको छ । हामी यो बिषयमा सोच्नेछौ ।' उनले भने ।
लुकाकुले गत सिजन ४५ खेलमा १५ गोल गरेका थिए । त्यसअघि उनले ५१ खेपलमा २७ गोल गरेका थिए । लण्डन क्लब चेल्सीका पुर्व स्टार समेत रहेका लुकाकुले ओल्डट्राफोर्डमा आलोचना ब्यहोर्दै आएका छन् ।
म्यान युनाईटेडले छैटौ स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । क्लब च्याम्पियन्स लिगको क्वाटरफाईनल खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीसंग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो ।