काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबलाई एसियाली फुटबल महासंघ (एएफसी) ले कारबाहीको चेतावनी दिएको छ ।
एएफसी कपमा प्रतिस्पर्धा गरिरहेको मनाङलाई प्रतियोगिताको नियम उलंघन गरेको भन्दै एएफसीले कारबाहीको चेतावनी दिएको हो ।
मनाङले घरेलु मैदानमा भएको खेलको रंगशालाको सिट संख्या र टिकटको दर उपलब्ध गराउन नसकेको कारण एएफसीले कारबाहीको चेतावनी दिएको हो ।
मनाङले प्रतियोगिताको पहिलो होम गेम एन्फा कम्प्लेक्स सातदोबाटोमा बंगलादेशको अबहानी लिमिटेडसंग खेलेको थियो । उक्त खेलमा मनाङ १-० ले पराजित भएको थियो ।
एएफसीले अर्को पटक यस गल्ती दोहोर्राएमा मनाङलाई जरिवाना गर्ने जनाएको छ ।
प्रतियोगिताको २ खेल सकिदा मनाङले अंक जोड्न सकेको छैन ।