एजेन्सी । युरोपा लिग फुटबलको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा आर्सनलले नापोलीलाई १-० ले हराएको छ ।
बिहिबार राति भएको खेलमा ईटालियन क्लबमाथि साघुँरो जित निकाल्दै आर्सनल ३-० को नतिजा सहित सेमिफाईनल प्रवेश गरेको हो ।
आर्सनलको जितमा एक मात्र गोल एलेक्जेन्डर लाकाजेट्टीले गरे । उनले खेलको ३६ औ मिनेटमा फ्रिकिक मार्फत आर्सनललाई उत्कृष्ट जित दिलाए ।
आर्सनलले सेमिफाईनलमा स्पेनिस क्लब भ्यालेन्सियासंग खेल्नेछ । पहिलो लेगको खेल मे २ मा लण्डन क्लबको घरेलु मैदानमा हुनेछ ।