एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले वाटफोर्ड १–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा जित निकाल्दै आर्सनलल तालिकाको शीर्ष चारभित्र उक्लिन सफल भएको छ ।
प्राप्त जितले आर्सनलले शीर्ष चार भित्र रहदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
आर्सनलले छैटौ स्थानको म्यानचेष्टर युनाईटेडसंग दुई अंकको अग्रता लिन सफल भएको छ । र ६६ अंक जोडेको पाँचौ स्थानको चेल्सीसंग गोल अन्तरको अग्रता लिन सफल भएको छ ।
खेलको १० औ मिनेटमा पिएरी एम्रिक अमुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै ट्रोय डेनीले अनावश्यक रेड कार्ड खाएपछि घरेलु टोली वाटफोर्ड १० खेलाडीमा सिमित बनेको थियो ।
खेलको ८० मिनेट १० खेलाडीमा सिमित बनेको वाटफोर्डले आर्सनललाई निरन्तर आक्रमण बुनेपनि गोल गर्न भने सकेन । आर्सनलका गोलकिपर बर्नड लेनोले केही उत्कृष्ट बचाउँ गर्दै पाहुना टोलीको अग्रतालाई जोगाउन सफल रहे ।