काठमाडौं । झापामा जारी चौंथो संस्करणको झापा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज (शुक्रबार) आयोजक झापा-११ र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
डोमालाल राजवंशी रंगशालामा झापा र थ्री स्टारबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । र, दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
जारी प्रतियोगितामा दुवै टोलीले निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यसैले झापा र थ्री स्टारबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
झापा र थ्री स्टारबीचको विजेताले फाइनलमा क्यामरुनी क्लब दाउफिन्स र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्नेछ ।
झापाले नेप्लिज एकेडमी हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै थ्री स्टारले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।