काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब चौंथो संस्करणको झापा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा मोरङ-११ लाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।
झापाको डोमालाल राजवंशी रंगशालामा एपीएफलाई जित दिलाउन हरि कार्कीले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा हरिले हेडबाट निर्णायक गोल गरेका थिए ।
अब एपीएफले सेमिफाईनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि उद्घाटन खेलमा आयोजक झापा ११ ले जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।