एजेन्सी । साबिकको विजेता म्यानचेस्टर सिटी इङ्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बर्नेमाउथलाई १-० गोल अन्तरले सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
बर्नेमाउथको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रियाद महरेजले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ३ अंक दिलाए ।
जितसंगै शीर्ष स्थानमा उक्लिएको सिटीले २९ खेलबाट ७१ अंक जोडेको छ । र, सिटीले लिभरपुलमाथि २ अंकको अग्रता बनाएको छ ।
एक खेल कम खेलेको लिभरपुलको ६९ अंक छ । पराजित बर्नेमाउथ ३४ अंकसहित १२ औं स्थानमा छ ।
लिग अन्तर्गत क्रिष्टल प्यालेसले बर्नलीलाई ३-१ ले पराजित गर्दा वुल्भ्सले कार्डिफलाई २-० ले हराएको छ । ब्राइटनले हडर्सफिल्डलाई १- ० ले पराजित गरेको छ ।