काठमाडौं । चौथों संस्करणको झापा गोल्डकप फुटबलको उद्घाटन खेलमा अहिले आयोजक झापा ११ र सहारा फुटबल क्लब पोखराबीच प्रतिस्पर्धा भईरहेको छ ।
झापाको डोमालाल राजवंशी रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा झापाले २-० को अग्रता बनाएको छ । झापाका करीम बुसारी र सन्जोग राईले एक एक गोल गरे ।
आज दुवै टोली पहिलो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । झापा र सहाराबीचको विजेताले क्वाटरफाइनलमा हङकङ नेप्लिज एकेडमीसंग खेल्नेछ ।
झापा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।