काठमाडौँ। गोन्कालो रामोसको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लियोनलाई पराजित गर्दै शीर्ष स्थानमा आफ्नो उडान कायमै राखेको छ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति सम्पन्न खेलमा पीएसजीले लियोनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको तेस्रो मिनेटमै नेमान्जा माटिकलले आत्मघाती गोल गरेपछि पीएसजीले शुरूआती अग्रता लिएको थियो।
तर, त्यसको तीन मिनेटपछि नै लुकास बेराल्डोले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए। उनले ब्राडली बारकोलाको पासमा गोल गरे।
३३औँ मिनेटमा अचराफ हाकिमीको पासमा गोल गर्दै रामोसले अग्रता ३-० मा पुर्याए। त्यसको चार मिनेटपछि नै लियोनका अर्नेस्ट नुमाहले गोल गरे।
४२औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे। त्यसपछि गोल हुन नसक्दा पीएसजी खेलमा ४-१ ले विजयी भयो।
जितसँगै शीर्ष स्थानको पीएसजीको २९ खेलबाट ६६ अंक रहेको छ। दोस्रो स्थानमा रहेको मोनाकोको समान खेलबाट ५५ अंक रहेको छ।
पराजित लियोनको ३० खेलबाट ४१ अंक रहेको छ। लियोन आठौँ स्थानमा छ।