काठमाडौँ। जिरोनाले स्पेनिस ला लिगामा रेलिगेसन जोनमा रहेको काडिजमाथि सहज जित हासिल गरेको छ।
शनिबार राति सम्पन्न खेलमा जिरोनाले पाहुना टोली काडिजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
जिरोनाको जितमा एरिक गार्सिया, इभान मार्टिन, आर्टेम डोवबीक र क्रिस्टियन पोर्चुले १/१ गोल गरे। काडिजका लागि गोन्जालो एस्कालान्टेले गरेको गोल सान्त्वना रह्यो।
खेलको नवौँ मिनेटमै सावियो मोरेरा डी ओलिवेराको पासमा गार्सियाले गोल गर्दै जिरोनालाई शुरूआती अग्रता दिलाए।
२२औँ मिनेटमा मार्टिनले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले मिगुएल गुटेरेजको पासमा गोल गरे।
७१औँ मिनेटमा गुटेरेजकै पासमा डोवबीकले गोल गर्दा जिरोनाले ३-० को अग्रता लिइसकेको थियो। ८१औँ मिनेटमा गोन्जालोले गोल गर्दै काडिजलाई ३-१ को स्थितिमा ल्याए। उनले रोजर मार्टीको पासमा गोल गरे।
८२औँ मिनेटमा पोर्चुले गोल गर्दा जिरोना ४-१ ले विजयी भयो। जितसँगै तेस्रो स्थानमा रहेको जिरोनाले ३२ खेलबाट ६८ अंक जोडेको छ।
१८औँ स्थानमा रहेको काडिजको समान खेलबाट २५ अंक रहेको छ।