काठमाडौँ। मनोहरा युनाइटेड यूथ क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लबलाई पराजित गरेको छ।
एन्फा मुख्यालय सातदोबाटोमा शुक्रबार सम्पन्न खेलमा मनोहराले गोलबजारलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
मनोहराको जितमा आविष्कार खड्का र उत्तम शाहीले १/१ गोल गरे। यता, गोलबजारको लागि विश्वास राईले गरेको गोल सान्त्वना बन्यो।
खेलको १८औँ मिनेटमा मनोहराका आविष्कारले पेनाल्टीमार्फत गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। ५०औँ मिनेटमा उत्तमले गोल गर्दै अग्रता दोब्बर बनाए।
तर, ६०औँ मिनेटमा गोलबजारको लागि विश्वासले गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा मनोहरा विजयी भयो।
जितसँगै ३ खेलबाट ६ अंकसहित दोस्रो जित हासिल गरेको छ। समान खेलबाट २ पराजय बेहोरेको गोलबजार १ अंकसहित पुछारमा रहेको छ।