काठमाडौँ। बागमती युवा क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक युथ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार सम्पन्न खेलमा बागमतीले सामाजिकलाई २-० गोल अन्तरले पराजित गरेको हो।
खेलको सातौँ मिनेटमै निर्मल बलले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए। ३४औँ मिनेटम सनम धिमालले गोल गर्दै बागमतीलाई २-० को जित दिलाए।
जितसँगै बागमतीले ३ खेलबाट ६ अंक जोडेको छ। सामाजिकको समान खेलबाट १ अंक छ।