निजगढ। राष्ट्रिय महिला लिग फुटबल छनोटको लागि मधेश प्रदेशले टोली घोषणा गरेको छ। सुर्खेतमा सञ्चालन हुने प्रतियोगिताको लागि मधेश प्रदेश फुटबल संघले आइतबार १८ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा गोलरक्षकद्वय उषा थापा र करुणा बुढाथोकी रहेका छन्। यस्तै, सलोनी रानामगर, सजनी थोकर, सुनिता भोलान, दिव्या यस्माली मगर, सोनु वाइबा, सुनिता विश्वकर्मा, मन्दिरा राई, दिलकुमारी मगर, दिलमाया घिसिङ, विष्णुमाया बल, काजल स्याङ्तान, सुनिता सुनार, रजनी थोकर, कविता गुरुङ, अस्मिता खवास र सलोनी कुमारी चौधरी छन्।
टोलीको प्रशिक्षकमा चित्रकुमार मगर, सहायक प्रशिक्षकमा भोजराज घिमिरे, टिम व्यवस्थापकमा शम्भुसिंह ठकुरी र फिजियोमा ललिताकुमारी चौधरी रहेका छन्। बैशाख ७ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा मधेश प्रदेशले बैशाख ८ गते बागमती प्रदेशविरुद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। छनोट प्रतियोगितामा ७ वटा प्रदेशले प्रतिस्पर्धा गर्नेछ।