काठमाडौँ। बार्सिलोनाले स्पेनिस ला लिगामा कठिन जित हात पारेको छ।
शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले काडिजलाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा जोआओ फेलिक्सले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए।
जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३१ खेलबाट ७० अंक जोडेको छ। रेलिगेशन जोनमा रहेको कार्डिजको समान खेलबाट २५ अंक रहेको छ।