लामोसाँघु। सिन्धुपाल्चोक फुटबल क्लबलाई पराजित गर्दै खुर्सानीबारी युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिग छनोटको उपाधि जितेको छ।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिबार सम्पन्न खेलमा सिन्धुपाल्चोकलाई पेनाल्टीमा ४-२ गोल अन्तरले पराजित गर्दै खुर्सानीबारीले उपाधि जितेको हो।
योसँगै फाइलमा पुगेका दुवै टोलीले आगामी वर्ष आयोजना हुने जिल्ला लिगमा आफ्नो स्थान पक्का गरेका छन्। फाइनल खेलमा खुर्सानीबारीको गोलरक्षक रोहन श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए। उनी नै प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक पनि घोषित भए। खुर्सानीबारीका शेन्को घले प्रतियोगिताकै उत्कृष्ट डिफेन्डर घोषित भए।
सिन्धुपाल्चोकका विशाल भुजेल इमर्जिङ प्लेअर र एलिक श्रेष्ठ उत्कृष्ट प्लेअर घोषित भए। गत चैत २६ बाट शुरू भएको छनोट प्रतियोगितामा जिल्ला ११ क्लबहरूको सहभागिता रहेको थियो।