देउबहादुर थापा
चितवन। अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि कोशी प्रदेशले जितेको छ। बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमले २-० गोल अन्तरले हराउँदै कोशीले उपाधि जित्न सफल भएको हो।
१२औँ मिनेटमा जेनिफर रानामगरले गोल गर्दै कोशीलाई अग्रता दिलाइन्। ३८औँ मिनेटमा कोशीकी समीक्षा रानामगरले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन्। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेनन् र कोशीले खेल २-० ले जित्यो।
अन्तरप्रदेश फुटबलअन्तर्गत पुरुषतर्फको फाइनल खेल आइतबार हुनेछ। फाइनल खेलमा कोशी र बागमती प्रदेश प्रतिस्पर्धा गर्दै छन्।
अन्तरप्रदेश खेलकुद प्रतियोगिताको समापन भोलि आइतबार हुनेछ।