काठमाडौँ। बायर लेभरकुसेनले युरोपा लिगअन्तर्गत पहिलो लेगमा वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ।
बेएरेनामा बिहीबार राति सम्पन्न खेलमा लेभरकुसेनले पाहुना टोली वेस्टह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो।
जोनास होफम्यानले खेलको ८३औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
त्यस्तै, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा भिक्टर बोनिफेसले गोल गर्दै लेभरकुसेनलाई २-० को जित दिलाए।