काठमाडौँ। साजनराज गौतमको निर्णायक गोलमा स्पोर्ट्स एकेडेमी साँगाले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा संघर्षपूर्ण जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार सम्पन्न खेलमा साँगाले झम्सिखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो। गौतमले खेलको ८३औँ मिनेटमा गरेको एक मात्र गोल साँगालाई जित दिलाउन पर्याप्त बन्यो।
जितसँगै साँगाले ३ अंक जोडेको छ।