काठमाडौँ। इङ्लिस क्लब चेल्सी युईएफए महिला च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार दोस्रो लेगमा डच क्लब आयाक्सलाई १–१ गोलको बराबरीमा रोक्दै चेल्सी अन्तिम चारमा प्रवेश गरेको हो। समग्रमा चेल्सीले ४–१ गोल अन्तरको जित हासिल गर्यो।
पहिलो लेगमा चेल्सी ३–० गोल अन्तरले विजयी भएको थियो। बुधबार दोस्रो लेगमा चेल्सीका लागि मायरा रामिरेजले गोल गरे। आयाक्सकी चेसिटी ग्रान्टले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन्।
खेलमा शुरूआती अग्रता भने चेल्सीले लिएको थियो। ३३औँ मिनेटमा गुरो रिएटनको पास मायराले गोल गरिन्।
पहिलो हाफमा अग्रता बनाएपनि चेल्सीले सो अग्रता टिकाइराख्न सकेनन्। ६५औँ मिनेटमा ग्रान्टले बराबर गोल फर्काइन्। उनले टाइनी होक्साको पासमा गोल गरेकी थिइन्।