काठमाडौं । म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन चार हप्ता मैदान बाहिर रहने भएका छन् ।
मांशपेशी चोटका कारण सिटीका मुख्य गोलरक्षक एडर्सन एक महिना मैदान बाहिर रहने भएका हुन् ।
आईतबार प्रिमियर लिगमा लिभरपुलविरुद्ध बराबरीको नतिजा निस्किएको खेलमा उनले चोट बोकेका थिए ।
लिभरपुलका फरवार्ड डार्विन नुनेजलाई एडर्सनले फल गरेपछि एनफिल्ड क्लबले पेनाल्टी पाएको थियो । सोही गोलमा लिभरपुलले खेल बराबरी गरेको थियो ।
लगत्तै उनको उपचार गरिएको थियो । केही समय पश्चात उनलाई स्टिफन ओर्टेगाले स्थानान्तरण गरेका थिए ।
३० वर्षका एडर्सनलले प्रिमियर लिगको अर्को महत्वपुर्ण आर्सनलविरुद्धको खेल गुमाउनेछन् । उनले एफ ए कपको क्वार्टरफाइनलको न्युक्यासलविरुद्धको खेल गुमाउनेछन् ।