धनगढी । स्टार सिटी ब्वाईज युनियन क्लब गौरीगंगा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार फार वेस्ट स्पोर्ट्स क्लबलाई ३–२ गोल अन्तरले हराउँदै स्टार सिटी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
स्टार सिटीलाई जित दिलाउन नरेन्द्र चौधरी, कुवेर सिंह, हिक्मत क्षेत्रीले समान एक एक गोल गरे ।
फार वेस्टका धिरेन्द्र साह र सुदीप घर्तिले एक एक गोल फर्काए ।
भुपेन्द्र खेलको म्यान अफ दी म्याच घोषित भए ।
गौरीगंगा ११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
विधागततर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार र सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष दिनेश कलेलले बताएका छन् ।