काठमाडौं । प्रिमियर लिग फुटबलमा उपाधिका दाबेदार लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।
एनफिल्डमा आईबार लिभरपुल र सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा अग्रता सिटीले २३ औं मिनेटमा स्टोन्सको गोलमा लिएको थियो । डी ब्रुएनको पासलाई सदुपयोग गर्दै जोन स्टोन्सले सिटीलाई अग्रता दिलाएका थिए ।
एलेक्सिस म्याक एलिस्टरले ५० औं मिनेटमा पेनाल्टीमा लिभरपुललाई खेलमा फर्काएका थिए ।
दुवैको बराबरीको नतिजाले फाइदा भने शीर्ष स्थानको आर्सनललाई पुगेको छ । शीर्ष स्थानको आर्सनलको ६४ अंक छ ।
समान अंक भएपनि लिभरपुल दोस्रो स्थानमा छ । सिटी ६३ अंक सहित तेस्रो स्थानमा छ ।