काठमाडौं । साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
आईतबार भारतलाई टाईब्रेकरमा ३-२ गोल अन्तरले हराउँदै बंगलादेशले प्रतियोगिताको उपाधि जितेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
खेलमा अग्रता भारतले चौथों मिनेटमा अनुष्का कुमारीको गोलमा लिएको थियो ।
दोस्रो हाफमा बंगलादेशले बराबरी गोल फर्काएको थियो । खेलको ७० औं मिनेटमा कर्नरबाट आएको बलमा मरिम हन्नाले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएकी थिईन् ।
बंगलादेशकी किपर इयरजान बेगमले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रर्दशन गर्दै बंगलादेशलाई उपाधि जिताउन सफल भएकी हुन् ।
बंगलादेश प्रतियोगितामा अपराजित रहदै च्याम्पियन बनेको हो । बंगलादेश र भारत लिग चरणमा क्रमश पहिलो र दोस्रो स्थानमा रहदै फाइनल पुगेका थिए ।
लिग चरणको खेलमा बंगलादेशले भारतलाई ३–१ ले हराएको थियो ।
ललितपुरस्थित एन्फा कम्प्लेम्समा भएको प्रतियोगितामा नेपाल सहित चार देश सहभागी थिए ।