काठमाडौं । इटालियन सिरि ए फुटबलमा इन्टर मिलानले १८ अंकको अग्रता बनाएको छ ।
शनिबार बोलोग्नालाई १–० ले हराउँदै इन्टरले सिरि एमा १८ अंकको अग्रता बनाएको हो ।
जर्मन डिफेन्डर यान बिसेले इन्टरका लागि पहिलो हाफ सकिन ८ मिनेट अघि खेलमा एकमात्र विजयी गोल गरे । इन्टरले सबै प्रतियोगितामा लगातार १२ खेलमा जित निकाल्न सफल भएको छ ।
बोलोग्ना यस सिजन घरेलु मैदानमा दोस्रो पटक पराजित हुँदै तालिकाको चौथों स्थानमा छ ।
घरेलु टोली बोलोग्नाले दोस्रो हाफमा खेलमा दबाब बनाएपनि गोल निकाल्न भने सकेन । उसले यस सिजन २८ लिग खेलमा मात्र १३ गोल ब्यहोरेको छ ।
इन्टरले लगातार १० लिग खेलमा जित निकाल्न सफल भएको हो । यो इन्टरको इतिहासमा तेस्रो पटक सम्भव भएको हो ।
पछिल्लो नतिजाले इन्टरलाई २० औं सिरि ए उपाधिको नजिक पुर्याएको छ ।