काठमाडौं । स्पेनिस लिगमा बार्सिलोनाले मालोर्कालाई हराएको छ ।
शुक्रबार भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० ले हराएको हो ।
बार्सिलोनाको जितमा लामिनी यामलले ७३ औं मिनेटमा विजयी गोल गरे । रोबर्ट लेवान्डोस्कीको पासलाई सदुपयोग गर्दै यामलले विजयी गोल गरेका थिए ।
जित सहित बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको दुरी ५ अंकमा झारेको छ ।
दोस्रो स्थानको बार्सिलोनाको ६१ अंक छ । शीर्ष स्थानको रियल मड्रिडको ६६ अंक छ । जिरोना ५९ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।