काठमाडौं । स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको १२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३५ औं मिनेटमा फेडेरीको भालभर्डेले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
खेलको ८३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।
जितसँगै रियलले ९ खेलमा २५ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा रहेको छ ।
बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।