एजेन्सी । यूईएफए वुमन्स च्याम्पियन्स लिग फुटबलको फाइनल खेल अगष्ट ३० मा हुने भएको छ ।
युरोपियन फुटबल एसोसिएसनले सोमबार निकालेको खेल तालिका अनुसार फाइनल खेल अगष्ट ३० मा स्पेनमा हुनेछ ।
यस्तै क्वाटरफाइनल खेल अगष्ट २१ र २२ मा हुनेछ । सेमिफाइनल खेल अगष्ट २५ र २६ मा हुने तय भएको छ ।
यस सिजन क्वाटरफाइनल पछिका खेलहरु बाँकी रहेका छन् ।
क्वाटरफाइनलमा ग्लासगो सिटीले वुल्फ्बर्गसँग खेल्दा एट्लेटिको मड्रिडले बार्सिलोनासँग खेल्नेछ ।
त्यस्तै आर्सनलले पीएसजी तथा लियोनले बायर्न म्युनिखसँग खेल्नेछ ।
क्वाटरफाइनल र सेमिफाइनलका सबै खेल स्पेनमै हुनेछ ।
कोरोना भाईरसको महामारीको कारण गत मार्चबाट लिग स्थगित गरिएको थियो ।