एजेन्सी । कोरोना भाईरसको महामारीबीच जारी जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित लाइपजिग पार्डाबोनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा खेलको २७ औं मिनेटमा पाट्रिक स्चिच्कको गोलबाट लाइपजिगले सुरुवाती अग्रता बनाएको थियो ।
तर,खेलको ९० औं मिनेटमा क्रिस्टियन स्ट्रोडिकले गोल गर्दै पार्डाबोनलाई हारबाट जोगाए ।
त्यसअघि खेलको ४३ औं मिनेटमा डायोट उपमेकानोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लाइपजिग १० खेलाडीमा समेटिएको थियो ।
पुछारको टिमसँगको बराबरीसँगै लाइपजिगले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । जित निकालेको भए बोरुसिया डर्टमण्डलाई पछि पार्दै लाइपजिग दोस्रो स्थानमा उक्लने थियो ।
लिगको ३० खेलमा ५९ अंकसहित लाइपजिग तेस्रो स्थानमा रहेको छ ।