एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का विंगर एन्जल डी मारियाले आफु क्लबमा खुशी रहेको बताएका छन् ।
फ्रान्सको एक पत्रिकासँग कुरा गर्दै डी मारियाले पेरिसमा आफु खुशी रहेको र पीएसजीबाट करियरको अन्त्य गर्न चाहेको बताएका छन् ।
सन् २०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट क्लब आएका डी मारिया सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोना जाने चर्चा चलेको थियो ।
तर, पीएसजीले डी मारिया नबेच्ने निर्णय गरेको थियो ।
'बार्सिलोनाले मलाई चाहेको थियो । दुई क्लबबीच छलफल भयो । पीएसजीले मलाई बेच्न चाहेन र त्यो समाप्त भयो,' डी मारियाले भने, 'क्लब छाड्नु राम्रो कुरा थिएन । त्यो बेलाका झुटहरुले मलाई रिस उठ्थ्यो । आज म पेरिसमा धेरै खुशी छु ।'
अर्जेन्टिनाका विंगर डी मारियाको क्लबसँगको सम्झौता आगामी वर्षसम्म रहेको छ । यस सिजन उनले ३७ खेलमा १२ गोल गरेका छन्।
३२ वर्षीय विंगरले त्यस समय आफुले क्लब छाडेको हेर्न चाहनेहरु धेरै भएको समेत बताए ।
'म पेरिसमा खुशी थिए । तर, त्यस समय क्लबका मानिसहरुले केहि चिज भने त्यो अन्त्यमा झुटो साबित भयो,' डी मारियाले थपे ।