एजेन्सी । नेदरल्याण्डका पूर्व मिडफिल्डर फर्नान्डो रिक्सनको निधन भएको छ ।
इन्ग्लिश क्लब रेन्जर्सका पूर्व खेलाडी रिक्सनको ४३ वर्षको उमेरमा निधन भएको हो । बुधबार बिहान अस्पतालमा निधन भएको इन्ग्लिश मिडिया द सनले जनाएको छ ।
डिफेन्समा समेत अब्बल मानिने रिक्सन 'मोटर न्युरोन' नामक रोगबाट ग्रसित थिए ।
रिक्सनले नेदरल्याण्डबाट १२ खेल खेलेका थिए ।
क्लब फुटबलमा भने उनले रेन्जर्सपछि रसियन क्लब जेनिट पिटर्सवर्गबाट खेलेका थिए ।