एजेन्सी । वेष्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् ।
घुडाको चोटको कारण रसेलले विश्वकप गुमाउने भएका हुन् । रसेलले विश्वकपको अघिल्ला ४ खेल खेलेका थिए । जसमा उनले ५ विकेट लिएका थिए । उनले ब्याटिङतर्फ ३ खेलमा ३६ रन बनाएका थिए ।
वेष्ट इण्डिजले रसेलको स्थानमा सुनिल अम्ब्रिसलाई १५ सदसीय टिममा बोलाएको छ ।
रसेल विश्वकप टिमबाहिर भएपछि वेष्ट इण्डिजलाई ठुलो घाटा भएको छ । वेष्ट इण्डिजलाई विस्फोटक ब्याटिङ गर्न सक्ने रसेलको अभाव खड्किने छ ।