मनाङ मर्स्याङ्दी क्लबका सुभाष सहित तीन पक्राउ
सोमबार, २५ असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । प्रहरीले जुवा ‘बेटिङ’ खेलेको आरोपमा मनाङ मर्स्याङ्दी क्लबका सुभाष गुरुङ सहित ३ जनालाई पक्राउ गरेको छ । विश्वकप फुटवल अन्तर्गत क्वार्टरफाईनलको खेलमा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुभाष सहित मुखिया गुरुङ र मुखिया लामा रहेका छन् ।
दरबारमार्गका प्रहरी प्रमुख डीएसपी दानबहादुर मल्लले ‘बेटिङ’ गरेको प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरेको खेलपाटीलाई बताए । पक्राउ परेका तीनै जनालाई अहिले दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएको छ ।
डीएसपी मल्लले उनीहरुलाई जुवा खेलेको आरोपमा मुद्धा चलाउने तयारी भईरहेको बताएका छन् ।










-1778080143092.jpeg&w=3840&q=75)



%20(2)-1777978001805.jpeg&w=3840&q=75)