हरिस र बाबरको अर्धशतकमा दक्षिण अफ्रिकालाई मध्यम लक्ष्य
२०१९ जुन २३, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि ३०९ रनको मध्यम लक्ष्य दिएको छ ।
लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनायो ।
पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय इनिङस खेले । हरिशले ५९ बलमा ३ छक्का र ९ चौकाको मद्दतले सर्वाधिक ८९ रन बनाए । बाबरले ६९ रन बनाए ।
यस्तै फकर जमान र इमाम उल हकले समान ४४ रनको योगदान गरे । इमाद वासिम २३ तथा मोहमद हाफिज २० रनमा आउट भए ।
दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस्तै इमरान ताहिरले २ विकेट हात पारे ।
आज दुवै टोली जित निकाल्दै आफ्नो खराब लयलाई पूर्णविराम लगाउने योजनामा रहेका छन् । दुवै टोली विश्वकपमा दोस्रो जितको खोजीमा रहेका छन् ।