एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भारतले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । र, पाकिस्तानविरुद्ध भारतका ओपनर रोहित शर्माले शतक बनाएका छन् ।
अविजित रहेका रोहितले ८५ बलमा १०० रन पुरा गरेका हुन् । रोहितको यो २४ औं शतक समेत हो । रोहित १०६ रनमा अविजित रहेका छन् ।
भारतले ३३ ओभरको खेल जारी रहदा १ विकेट गुमाएर १९१ रन बनाएर खेलिरहेका छन् ।
आज दुई चिरपरिचत टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
तुलनात्मक रुपमा बलियो टोली भारत पाकिस्तानलाई हराएर तेस्रो जित निकाल्ने योजनामा हुनेछ । अघिल्ला ३ खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ ।
यता, पाकिस्तान दोस्रो जितको खोजीमा हुनेछ । जसका लागि भारतलाई स्तब्ध बनाउन चाहन्छ । ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक रहेको छ ।