एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) एक खेल हुँदैछ ।
इंग्ल्याण्डको म्यानचेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार राष्ट्र भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।
ओल्डट्राफोर्डमा मैदानमा उत्रदा दुई चिरपरिचत टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । र, दुई ठुला चिरपरिचित प्रतिद्वन्दीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । यस खेललाई विश्वकपकै ठुलो खेलको रुपमा लिईएको छ ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधै चर्चाको विषय बन्छ । राजनीतिक द्वन्दको कारण सधै चर्चामा रहने भारत र पाकिस्तानबीचको सम्बन्ध क्रिकेटमा समेत देखिने गर्छ । जसको कारण दुवै टिम मैदानमा समेत हार मान्न तयार हुँदैनन् । दुईबीचको खेलमा युद्दको झल्को आउने गर्छ ।
तुलनात्मक रुपमा बलियो टोली भारत पाकिस्तानलाई हराएर तेस्रो जित निकाल्ने योजनामा हुनेछ । अघिल्ला ३ खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ ।
यता, पाकिस्तान दोस्रो जितको खोजीमा हुनेछ । जसका लागि भारतलाई स्तब्ध बनाउन चाहन्छ । ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक रहेको छ ।
दुई बीचको पछिल्लो भेटमा भने भारत बलियो देखिन्छ । पछिल्लो पाँच भेटमा भारतले ४ जित निकालेको छ । पाकिस्तानले १ खेलमा जित निकालेको छ ।
सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो । तर, त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ ।
दुई टोलीलाई वर्षाको भने डर हुनेछ । किनकि वर्षाको कारण पछिल्लो केहि खेल नतिजाविहीन बन्दै आएको छ ।