एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले घरेलु टोलीलाई जितका लागि २१३ रनको सामान्य लक्ष्य दिएको छ ।
साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २१२ रन बनायो ।
खराब सुरुवात गरेको वेष्ट इण्डिजका लागि निकोलस पुरनले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सिम्रन हिटमायरले ३९ रन जोड्दा क्रिस गेलले ३६ रन बनाए । आन्द्रे रुसेल २१ रनमा आउट भए ।
इंग्ल्याण्डका आर्चर जोफ्रा र मार्क उडले ३/३ विकेट लिए । त्यस्तै जोय रुटले २ विकेट लिए ।