एजेन्सी । विश्व नम्बर दुई स्पेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ ।
सेन्टर कोर्टमा शनिबार भएको तेस्रो चरणमा नाडालले अष्ट्रेलियाका एलेक्स डी मिनुअरलाई ३ – ० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरका हुन् । नाडालले १९ बर्षीय एलेक्समाथि ६-१, ६-२ र ६-४ को सोझो सेटमा जित निकाले ।
दुई पटकको विजेता नाडालले अब फाबियो फोग्निनी र जिरी भेसालीबीचको बिजेतासंग खेल्ने छन् । नाडालले सन् सन् २००८ र २०१० मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।