एजेन्सी । विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप विम्बल्डन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छिन् । शनिबार भएको तेस्रो चरणको खेलमा ताइवानकी खेलाडीसंग पराजित हुँदै हालेप प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
सेन्टर कोर्टमा भएको खेलमा हालेप ४८ औं बरियताकी शु वेईसंग ६-३,४-६ र ५-७ ले पराजित भईन् । शु वेई पहिलोपटक विम्बल्डन टेनिसको चौथो चरणमा पुगेकी हुन् ।
शीर्ष बरियताकी हालेप प्रतियोगिताबाट बाहिरिएसंगै शीर्ष १० भित्र रहेका एक खेलाडी मात्र विम्बल्डन टेनिसको चौथो चरणमा पुग्न सफल भएका छन् । सातौं बरियता प्राप्त चेक रिपब्लिककी कारोलिना प्लिस्कोभा विम्बल्डन टेनिस चौथो चरणमा पुग्ने एक मात्र शीर्ष १० भित्रका खेलाडी रहेकी छिन् ।
११ औं बरियता प्राप्त जर्मनीका एन्जलिक केर्बर र १२ औं डेनमार्ककी जेलिना ओस्टापेनकोले भने विम्बल्डन टेनिसको चौथो चरणमा स्थान पक्का गरेकी छिन् ।