काठमाडौं । विपना ब्लोन र अमिर ब्लोनले एनएसआरए युथ स्क्वास प्रतियोगितामा स्वर्ण जितेका छन् । शनिबार विपनाले गल्र्स यु–२१ तर्फ र अमिर ब्वाइज यु–१९ मा स्वर्ण जितेका हुन् ।
सातदोबाटोमा भएको गल्र्स यु–२१ फाइनलमा विपनाले स्वास्थानी श्रेष्ठलाई १३–११, १२–१० र १२–१० को सोझो सेटमा पराजित गरिन् । सपना ब्लोन र मुस्कान राउत तेश्रो भए ।
ब्वाइज यु–२१ उपाधि भिडन्तमा अमिरले दीपक थापामाथि ११–९, ११–२ र ११–८ को जित दर्ता गरे । विजय मगर र गोपाल थापा संयुक्त रुपमा तेश्रो भए ।
ब्वाइज यु–१५ फाइनलमा विकास मगरले सलिम थापा मगरलाई ५–११, ११–४ र ११–४ को सेटमा हराएर स्वर्ण हात पारे । सजिप आचार्य र पासाङ तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।
तीनदिने प्रतियोगितामा २५ खेलाडीले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।