एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दुई एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको छ ।
ब्रिस्टोलस्थित काउन्टी ग्राउण्डमा शुक्रबार तय भएको खेलमा वर्षाको कारण नतिजाविहीन बनेको हो । वर्षाको कारण दुई टोलीबीचको खेल टस समेत नभई स्थगित भएको हो ।
खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् ।
यो खेल स्थगित भएसंगै श्रीलंकाले ३ खेलबाट ३ अंक जोडेको छ । यसअघि श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसंग पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
यस्तै पाकिस्तानको पनि ३ खेलबाट ३ अंक भएको छ । पहिलो खेलमा वेष्ट इण्डिजसंग पराजित पाकिस्तानले दोस्रो खेलमा इंग्ल्याण्डलाई हराएको थियो ।