एजेन्सी । पुर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । फ्रान्सकी क्रिस्टिना मलादेनोविकलाई पराजित गर्दै सेरेना विम्बल्डनको तेस्रो चरणमा पुगेकी हुन् ।
२३ पटक ग्रान्डस्लाम जितेकी सेरेनाले साविक दशौ वरियताकी क्रिस्टिनालाई ७–५ र ७–६ को सेटमा हराईन् । अब सेरेनाले १ सय २० औ वरियताकी रसियाकी एभ्गेडेनियो रोडिनासंग खेल्ने छिन् ।
यता, पाँच पटककी विम्बल्डन च्याम्पियन भेनस विलियम्स प्रतियोगिताबाट बाहिरिएकी छिन् । नवौ वरियताकी विलियम्स नेदरल्याण्डकी किकी वेर्टेन्ससंग ६–२, ६–७(४–६)८–६ को सेटमा पराजित भईन् ।