काठमाडौं । नेपालका प्राचिन पौराणिक सम्पदालाई पहिचान गर्दै विश्वसामु चिनाउने उदेश्यले असार ३१ गते सम्पदा दौड प्रतियोगिता हुने भएको छ ।
विश्व युवा दक्षता दिवसका अवसरमा डल्लु आवास स्थानीय सहयोग समितिको आयोजनामा दौडको आयोजना गरीने गरिने भएको हो । समाज वा राष्ट्रको विकास सामुहिक प्रयासबिना सम्भव हुन सक्दैन भन्ने उद्धेश्यले ५ जनाको एक समुह बनाएर प्रतियोगिता आयोनजा गर्न लागिएको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी दिए ।
उनले प्रतियोगितालाई प्रभावकारी बनाउन सम्पदा क्षेत्रको बाटोलाई रुट बनाईने बताए ।
तत्कालका लागि काठमाडौंका केही शहरका बाटो प्रयोग गरिने भएपनि आगामी दिनमा ललितपुर र भक्तपुरलाई समेत समेटिने उनको भनाई छ ।
डल्लु आवास स्थानीय सहयोग समितिका कार्यकारी सदस्य निरज श्रेष्ठले सो कार्यक्रममा सहभागी भर्इ राष्ट्रको सम्पदालार्इ विश्वभरि चिनाउनकालागि सहयोग गरि खेलकुद मार्फत पर्यटन प्रबद्र्धन गर्न समेत अनुरोध गरे ।
दौड प्रतियोगिता भुइँखेल चौरबाट सुरु भई डल्लु आवासको सिद्दार्थ सडक, ताहाचल, विष्णुमतिपुल, भीमसेनस्थान, काष्ठमण्डप, इन्द्रचोक, भेडासिङ, नरदेबी, ताम्सिपाखा, विष्णुमति, डल्लु बजार, भगवानपाउ, स्वयम्भु परिक्रमा गरि भगवानपाउ हुदै स्वयम्भु स्तुपामा पुगी समापन हुनेछ ।
प्रतियोगिताका प्रथम, द्धितिय, तृतीय हुने समुहलाई नगद सहित पुरस्कृत गरिनेछ । दौडेको असार ३१ गते बिहान भुइँखेल चौरबाट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराज श्रेष्ठले उद्घाटन गर्नेछन् ।