एजेन्सी । विश्वकप फुटबलको तेस्रो प्रि-क्वाटरफाइनलमा आज स्पेन र आयोजक रुसबीच प्रतिस्पर्धा हुँदै छ ।
लुजिनिकी स्टेडियममा हुने खेलमा दुवै टोली अघिल्लो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रदै छन् । आज जित निकाल्दै दुवै टोली क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । यस्तोमा दुई टोलीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
स्पेन युरोपियन क्षेत्रकै उत्कृष्ट टिम हो । घरेलु टोली रुसलाई घरेलु समर्थकको साथ हुनेछ । स्पेनसंग विश्व स्तरीय खेलाडीको साथ रहन्छ । रुससंग नाम चलेका खेलाडी त् छैन तर उनीहरुको जुझारु प्रदर्शन निकै राम्रो छ ।
स्पेन र फ्रान्सबीचको खेलमा मुख्य त् दुई खेलाडी चर्चामा रहने छन् , स्पेनका इस्को र रुसका डेनिस चेरीसेभ । दुई खेलाडीको प्रभावले खेल जुनै पनि समय मोडिन सक्छ । यो खेलमा जुन खेलाडी चम्कने गर्छ, त्यो टिमले अर्को चरणमा स्थान पक्का गर्ने छन् ।
इस्को (स्पेन)
रुस विश्वकपमा स्पेनले आश राखेको खेलाडीमा पर्छन इस्को । होचा कदका तर निकै फुर्तिला इस्कोको खेलमा धेरै मोहित हुने गर्छन । मिडफिल्ड र फरवार्डमा जम्न सक्ने इस्कोले पोर्चुगलविरुद्ध जादु देखाउन सक्ने अनुमान गरिएको छ ।
स्पेनिस महारथी रियल मड्रिडमा रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जिमा जस्ता खेलाडीको छायाँमा आफुलाई प्रमाणित गर्दै इस्को स्पेनिस टोलीमा अटाएका हुन् । इस्को गोल गर्न मात्र हैन, पास उपलब्ध गराउन पनि माहिर मानिन्छन् ।
२६ बर्षीय अट्याकिङ मिडफिल्डर इस्कोले विश्वकप छनोटमा स्पेनिस टोलीबाट ८ खेल खेल्दै ५ गोल गरेका थिए । इस्को समूह चरणका सबै खेलमा मैदान उत्रिएका थिए । जसमा एक गोल गरिसकेका छन् ।
मिडफिल्डमा बल होल्ड गर्दै फरवार्डको लागि सुन्दर पास मिलाईदिने क्षमता भएका इस्कोलाई स्पेनले रुसविरुद्ध मुख्य हतियार बनाउने छन् । किनकी, खेलमा इस्को चम्किए स्पेनलाई जित निकाल्न कुनै कठिनाई हुने छैन ।
डेनिस चेरिसेभ (रुस)
स्पेनविरुद्ध रुसलाई जित निकाल्ने हो भने चेरिसेभको भूमिका महत्वपूर्ण हुनेछ । डिफेन्समा बलियो देखिएको स्पेनविरुद्ध जित निकाल्न चेरिसेभको गोल आवश्यक हुन्छ ।
समूह चरणमा चम्किएका चेरिसेभ जारी विश्वकपको गोल्डेन बुट दाबेदार खेलाडी समेत हुन् । उनले समूह चरणको पहिलो खेलमा २ गोल गर्दा दोस्रो खेलमा १ गोल गरेका थिए । त्यसैले आजको खेलमा चेरिसेभ चम्किए स्पेनिस डिफेन्सलाई निकै कठिन रहने छ ।
२७ बर्षीय चेरिसेभ अहिले भिल्ला रियलबाट स्पेनिस ला लिगा खेल्ने गर्छन् । उनले रुसको लागि १४ खेल खेलिसकेका छन् । यो बर्ष नै उनले रुसका लागि ३ गोल गरेका हुन् । सन् २०१२ मा रुसको टोलीमा डेब्यु गरेपनि गोल गर्न सकेका थिएनन् ।
स्पेनिस क्लब रियल मड्रिडबाट समेत खेलिसकेका चेरिसेभ विंगर हुन् । तर, उनले मिडफिल्डमा समेत उत्तिकै राम्रो खेल्न सक्छन् । यो बर्ष निकै लयमा रहेका कारण रुसले चेरिसेभलाई मुख्य हतियार बनाउन सक्ने छन् ।