एजेन्सी । रुसीमा जारी विश्वकप फुटबलमा आज राति दुई खेल हुदैछ । नकआउट चरण अन्तर्गत आज राति स्पेन र आयोजक रुस तथा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा भिड्न लागेका स्पेन र रुसबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । स्पेन समुह बीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने रुस समुह एको उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको हो ।
अर्को खेलमा प्रतिस्पर्धा गर्न लागेका क्रोएसिया र डनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । क्रोएसिया समुह डीको विजेताको रुपमा प्रि क्वार्टरफाईनल प्रवेश गरेको हो भने डेनमार्क समुह सीको उपविजेताको रुपमा क्रोएसियासंगको भिडन्त पक्का गरेको हो ।