एजेन्सी । विश्वकप फुटबलको नकआउट चरणको खेलमा पोर्चुगलविरुद्धको खेलमा उरुग्वेले सुरुवाती अग्रता लिएको छ ।
खेलको ७ औ मिनेटमा इडिन्सन काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । लुईस सुआरेजको पासमा उत्कृष्ट हेड गोल गर्दै काभानीले सुरुवाती अग्रता दिलाएका हुन् ।
पहिलो हाफको खेल सकिदाँ थप गोल हुन सकेको छैन् । पराजित टोली प्रतियोगिताको प्रि क्वार्टरफाईनलबाटै घर फर्कने छन् ।