एजेन्सी । रुस विश्वकप फुटबलको दोस्रो प्रि क्वाटरफाइनलमा अहिले उरुग्वे र पोर्चुगलबीच प्रतिस्पर्धा सुरु भएको छ ।
सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् । विश्वकप उपाधि जित्ने लक्ष्य लिएका दुवैको लागि यो खेल महत्वपूर्ण पनि रहेको छ । किनकि दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र युरोपियन च्याम्पियन पोर्चुगल मध्ये एक टोली मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
यस्तोमा दुवै टोली आफ्नो सम्पूर्ण शक्ति खेलमा लगाउने छ । दुई टोलीले आफ्नो स्टार खेलाडीलाई आफ्नो हतियार बनाउने छन् । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई मुख्य खेलाडी बनाउने छ भने उरुग्वेले लुइस स्वारेजलाई मुख्य खेलाडीको रुपमा मैदान उतार्ने छन् ।