एजेन्सी । विश्वकप फुटबलको पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गरेको छ । प्रि क्वार्टरफाईनलको पहिलो खेलमा अर्जेन्टिनलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाईनलमा प्रवेश गरेको छ । हारसंगै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको छ ।
कजान रंगशालामा १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।
खेलको ४१ औ मिनेटमा एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४८ औ मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडो गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितीमा पु¥याएका थिए । तर खेलको ५७ औ मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितीमा ल्याए ।
त्यसपछि खेलमा १९ बर्षका फ्रान्सेली खेलाडी एमबाप्पे चम्किए । उनले ६४ र ६८ औ मिनेटमा लगातार दुई गोल गर्दै फ्रान्सलाई ४–२ को सहज स्थितीमा पु¥याए । तर दोस्रो हाफको इन्जुरी समयमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन ।
समुह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको छ ।